INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा पीडितलाई इन्सेककाे सहयोग

घरेलु हिंसा पीडित शिवराज नगरपालिका –५ नौडिहवा घर भई हाल रूपन्देही जिल्ला मायाँदेवी गाउँपालिका– ८ बसडिलवाकी ३० वर्षीया चन्द्रा खत्री नेपाली लाई फागुन ६ गते इन्सेकले आर्थिक सहयोग गरेको छ ।

घरमा सासु ससुरा र पतिले बेवास्ता गरे पछि माइतीको साहारा लिएर कोठाभाडामा बस्दै आउनु भएकी पीडितले मुद्दा दर्ता गर्नकालागि सहयोग गरी दिन भन्दै इन्सेक कपिलवस्तुमा  माघ २५ गते निवेदन दिनु भएको थियो ।

इन्सेकको समन्वयमा  पीडितले  जिल्ला अदालत कपिलवस्तुमा पति ३६ वर्षीय मोहन खत्री विरूद्ध माघ २७ गते अंशसम्बन्धी र सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गर्नु भएको थियो ।

इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले पीडित सहयोग कार्यक्रम अन्तर्गत १० हजार रूपियाँ सहयोग गर्नु भएको हो । पीडितकी आमा लक्ष्मी दर्जीले न्याय नपाउनञ्जेलसम्म इन्सेकको सहयोगको अपेक्षा गरेको बताउनु भयो ।

पीडित र आरोपितबिच ०६५ वैशाख २० गते अन्तर जातीय प्रेम विवाह भएको थियो । विवाह भएको तीन वर्ष पछि पीडितलाई आरोपितले  पटक पटक गाली गलौज गर्ने, कुटपिट गर्नेे र खानलाउन नदिएको पीडितले बताउनु भयो ।

अन्य

भिडियो