२८ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको कसुरमा गोलबजार नपा-३ का १८ वर्षीय अशोक लामालाई जिल्ला अदालतले २ वर्ष ६ महिना कैदको फैसला सुनाएको छ ।
न्यायाधीश राजेन्द्र अधिकारीको चैत १५ गतेको एकल इजलासले सो फैसला गरेको सरकारी वकिल जुद्ध आले मगरले जानकारी दिए ।
पीडित महिलालाई आरोपितले गत मङ्सिर ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा मङ्सिर ५ गते उजुरी दिएको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण गोलबजार स्वास्थ्य चौकीमा मङ्सिर ५ गते भएको थियो । इलाका प्रहरी कार्यालय गोलबजारले आरोपितलाई मङ्सिर १९ गते गिरफ्तार गरि मुद्दा चलाएको थियो ।