INSEC Online

📅 २०८३ जेष्ठ २१

बहुविवाह गरेको कसुरमा दुई वर्षकैदको फैसला

गुराँस गाउँपालिका-५ का २४ वर्षीय डिलबहादुर रामजालीलाई बहुविवाह गरेको कसुरमा जिल्ला अदालतले दुई वर्षकैद र १५ हजार रूपियाँ जरिबानाको फैसला गरेको छ ।

न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासबाट चैत १६ गते सो फैसला भएको अदालतका नासु विनोद आचार्यले जानकारी दिए ।

घरमा विवाहिता पत्नी हुँदाहुँदै सुर्खेत वीरेन्द्रनगर नपा-२३ नडखोलाकी २६ वर्षीया पार्वती मगरलाई दोश्रो पत्नीको रूपमा भित्र्याएको भन्दै जेठी पत्नी भीमकुमारी रामजालीले ०७३ मङ्सिर १५ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।

उनको उजुरीका आधारमा सरकारी वकिल कार्यालयमार्फत पुस ३ गते दैलेख जिल्ला अदालतमा मुद्दा पेश भएको थियो ।

घरमा जेठी पत्नी छन् भन्ने थाहा नपाई आएकी र डिलबहादुरसँग बस्न पनि नचाहेका कारण अदालतले कान्छी पत्नीका रूपमा आएकी पार्वती मगरलाई कुनै सजाय गर्नु नपर्ने भन्दै सफाई दिएको छ ।

अन्य

भिडियो