INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्व मुद्दा दर्ता

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सरकारी वकिल कार्यालयमार्फत मालिकार्जुन गाउँपालिका–८ का १३ वर्षीय बालक र सोही ठाउँका २४ वर्षीय किरनसिंह धामी विरुद्व जबरजस्तीकरणी अन्तर्गत माघ ३ गते जिल्ला अदालतमा मुद्वा दर्ता गरेको छ ।

फागुन २ गते पीडितले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा प्रहरीले आरोपितलाई फागुन २ गते गिरफ्तार गरी मुद्वा दर्ता गरेको हो ।

घटनाको थप अनुसन्धान गर्न जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर माधव विश्वकर्माले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन ३ गते जिल्ला अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो