नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय सदस्य भेरीमालिका-३ का रवीन्द्र शाहको चैत १५ गते अज्ञात समूहले हत्या गरेको राससले जनाएको छ ।
पीडित शाहलाई जिल्ला सदरमुकामस्थित अस्पताल नजिकै ५/६ जनाको समूहले ढुङ्गा, मुडा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । हाल उनी पाँचतारा युवा संरक्षण मञ्चका अध्यक्षसमेत रहेका थिए ।
घटनाका प्रत्यक्षदर्शी हिटलरसिंह राठोर भने भागेर ज्यान बचाउन सफल भएको बताइएको छ ।