INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मुगु जिल्ला खत्याड गाउँपालिका–४ का ५७ वर्षीय मोहन बानिया विरूद्ध पीडितले माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

पीडितलाई आरोपितले माघ २१ गते बलात्कार गरेको भन्दै मुगु जिल्लाबाट समानुपातिक तर्फका प्रतिनिधि सभा सदस्यसमेत रहेका बानिया विरूद्ध उजुरी परेको  जिल्ला प्रहरी कार्यालयका डिएसपी मधुसुधन न्यौपानेले बताउनु भयो ।

आफूसँग बनियाले २५ लाख रूपियाँ लिएको र उक्त रकम फिर्ता गर्छु भनेर नेपालगञ्जमा बोलाएर बलात्कार गरेको पीडितले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

आफूमाथि लगाएको आरोप गलत भएको आरोपितले बानियाले बताउनु भयो । पीडित महिलाबाट २ लाख ५० हजार रुपियाँ सापटी लिएको र उक्त विषयलाई लिएर आफूमाथि गलत आरोप लगाएको बानियाले बताउनु भयो ।

डिएसपी मधुसुधन न्यौपानेका अनुसार पीडितको उजुरी दर्ता गरी अदालतबाट पक्राउ पुर्जि र संसदबाट सहमति माग गरिएको छ ।

पीडितको स्वास्थ्य परीक्षण  माघ २१ गते भेरी अस्पताल, नेपालगञ्जमा गरिएको थियो ।

अन्य

भिडियो