१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाँसगढी नगरपालिका– ४ अस्नेरीका २९ वर्षीय बीरबहादुर रोकालाई माघ २६ गते घरबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले माघ २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २७ गते इलाका प्रहरी कार्यालय मोतिपुरमा उजुरी दिएका थिए ।
पीडित पक्षको मोखिक जानकारीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमबहादुर शाहीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ २७ गते बर्दिया अस्पताल गुलरियामा गरिएको छ ।