INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन घटनाका फरार कसुरदार गिरफ्तार

२५ वर्षीया पत्नीलाई बेचबिखन गर्ने कार्यमा संलग्न घटनाका कसुरदार चौतारा सागाचोकगढी नगरपालिका–४ कुबिण्डेका ५० वर्षीय चोपनाथ नेपाललाई प्रहरीले ०७८ माघ २६ गते कुविण्डेबाट गिरफ्तार गरेको छ ।

मानव बेचबिखनको कसुरमा जिल्ला अदालतले ०५८ भदौ ६ गते नेपालविरुद्ध १ वर्ष ६ महिना कैदको फैसला गरेको थियो ।

नेपालले पत्नीलाई ०५५ सालमा आमा र काकाको सहयोगमा भारतको बम्बैमा पु¥याई बेचबिखन गरेको भन्दै पीडितका बावु टंकनाथ घोरासैनीले ०५६ फागुण ७ गते जिल्ला प्रहरी कार्यालयमा मानव बेचबिखन बिरुद्ध उजुरी दिएका थिए भने भारतको बम्बईबाट फर्कीएर आएकी पीडितले ०५७ माघ २ गते जिल्ला प्रहरी कार्यालयमा किटानी उजुरी दिएकी थिइन् ।

मानव बेचबिखन घटनाका कसुरमा कैद सजाय पाएका व्यक्ति घरमा आएको भन्ने सूचनाका आधारमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताउनु भयो ।

नेपाललाई अदालतको फैसला कार्यान्वयना लागि सोही दिन जिल्ला कारागार शाखा पठाएको डिएसपी बस्नेतले बताउनु भयो ।

अन्य

भिडियो