घरेलु हिंसा पीडित बेसीशहर नगरपालिका–१० की २८ वर्षीया अमृता भण्डारीले इन्सेकको सहयोगमा २८ वर्षीय पति रवि भण्डारीविरुद्ध जिल्ला प्रहरी कार्यालय लमजुङमा माघ २३ गते उजुरी दर्ता गर्नुभएको छ ।
पतिले खान लगाउन नदिने, हेला गरेको र ६ वर्षको विवाहमा आफू र छोराको हेरविचार नगरेको भन्दै मुद्दा दर्ता गर्न सहयोग गर्न इन्सेक लमजुङमा माघ २३ गते निवेदन दिनुभएको थियो ।
निवेदनको आधारमा इन्सेक लमजुङ प्रतिनिधि दलबहादुर मजाकोटीले उजुरी दर्ता गराउन सहयोग गर्नुभएको थियो ।
उजुरी दर्ता गर्दै घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कार्य सम्पादन गरिने जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णबहादुर कार्कीले बताउनुभयो ।