INSEC Online

📅 २०८३ जेष्ठ २१

महिला हत्या घटनाका आरोपित गिरफ्तार

यसोधरा गाउँपालिका–८ सिहंखोरकी २१ वर्षीया रहिसुन्निसा मुसलमानको हत्या गरेको आरोपमा प्रहरीले मृतकका पति २२ वर्षीय मोहम्मद नसिम अलिभाट मुसलमान र ससुरा ५० वर्षीय अब्बास अलिभाट मुसलमानलाई माघ २० गते गिरफ्तार गरेको छ ।

रहिसुन्निसालाई आरोपितहरूले माघ १९ गते झुण्ड्याएर हत्या गरी माघ २० गते शद्गत गरेको सूचनाको आधारमा प्रहरीले आरापितहरूलाई गिरफ्तार गरेको थियो ।

छोरीको हत्या गरेर झुण्ड्याइएको भन्दै मृतकका बुवाले माघ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पछि प्रहरीले माघ २१ गते शव उत्खनन गरेको थियो ।

प्रारम्भिक अनुसन्धानबाट मृतकको पेटमा दुई महिनाको  गर्भ रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर कार्कीले बताउनु भयो ।

शवको पोष्टमार्टम माघ २१ गते लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा भयो । सोही दिन शव मृतकका बुवालाई बुझाइएको प्रहरीले जनायो ।

अन्य

भिडियो