१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बागमती गाउँपालिका–७, गिम्दीका २२ वर्षीय दाजुलाई ०७८ माघ १६ गते प्रहरीले गिरफ्तार गरेको छ ।
आरोपितले पीडित बालिकालाई ललाई/फकाई ०७८ पुस २५ गते बलात्कार गरेको भन्दै माघ १६ गते नै पीडित पक्षले महानगरीय प्रहरी वृत्त चापागाउँमा उजुरी दिएको थियो ।
आरोपितलाई माघ १७ गते ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर जावलाखेलका प्रवक्ता एवम् एसपी सिद्धिविक्रम साहले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ १६ गते नै पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालले जानकारी दिएको छ ।