INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सर्लाही, वरहथवा नगरपालिका–२ स्थायी घर भइ विर्तामोड नगरपालिका–२ चैतुगढीस्थित इटा भट्टामा कार्यरत ३८ वर्षीय गङ्गा मगरलाई माघ १३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले माघ १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ १३ गते इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वसन्त पाठकले इन्सेक प्रतिनिधिसँग फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा माघ १३ गते गरिएको छ ।

अन्य

भिडियो