३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फतुवाविजयपुर नगरपालिका–३ नेवाकीका ३१ वर्षीय चन्दन साह कानुलाई माघ १३ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले माघ १२ गते बलात्कार गरेको आरोपमा आरोपितविरुद्ध पीडितले इलाका प्रहरी कार्यालय विजयपुरमा माघ १३ गते उजुरी दिएकी थिइन् ।
आरोपितविरूद्ध जबरजस्ती करणीसम्बन्धी शीर्षकमा उजुरी दर्ता भई अनुसन्धान सुरू गरिएको इलाका प्रहरी कार्यालय विजयपुरका असई जगरनाथ सहनीले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ १३ गते जिल्ला अस्पताल गौरमा गरिएको डा. कृष्ण शाहले बताउनु भयो ।