१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बर्दघाट नगरपालिका–१३, भटौलीयाका २६ वर्षीय प्रकाश पौडेललाई १८ वर्ष कैद सजाय र १ लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।
पीडित बालिकालाई ०७७ मङ्सिर १६ गते बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी परेपछि आरोपितलाई गिरफ्तार गरी प्रहरीले अदालत पेश गरेको थियो ।
पौडेललाई विभिन्न प्रमाणका आधारमा दोषी ठहर गर्दै जिल्ला अदालतका न्यायाधीश अशोककुमार बस्नेतको इजलासले उक्त फैसला सुनाएको अदालतका श्रेस्तेदार प्रेमप्रसाद पौडेलले बताउनु भएको छ ।