INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा जाजरकोटको जुनिचाँदे गाउँपालिका–९ पाँचलाका १८ वर्षीय रमेश खड्कालाई प्रहरीले माघ १३ गते गिरफ्तार गरेको छ ।

माघ १२ गते दिउँसो सदरमुकाम नजिकैको जङ्गलमा लिई बलात्कार गरेको भन्ने पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर साहले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ १२ गते दैलेख अस्पतालमा भएको डाक्टर जीवन ज्ञवालीले जानकारी दिनुभयो ।

अन्य

भिडियो