१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बीरगंज महानगरपालिका–२३ सबैठवाका २० वर्षीय मुन्नाप्रसाद यादवलाई माघ १० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले माघ ५ गते बलात्कार गरेको आरोपमा आरोपितविरुद्ध पीडितका अभिभावकले माघ ९ गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका थिए ।
जबरजस्ती करणी मुद्दामा पर्सा जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ ९ गते नारायणी अस्पताल, बीरगंजमा गरिएको छ ।