अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का जिल्ला प्रतिनिधि अमर सुनारलाई स्थानीय शान्ति समिति दैलेखले सदस्य पदमा मनोनयन गरेको छ । स्थानीय स्थानीय समितिका जिल्ला संयोजक पार्वती बिशुन्केको अध्यक्षतामा चैत १२ गते बसेको बैठकले सुनारलाई सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो ।
चैत १२ गतेदेखि नै लागू हुने गरी सुनारलाई मनोनयन गरिएको स्थानीय शान्ति समितिकी सदस्य सचिव सन्तोषी प्याकुरेलले बताइन् । शान्ति मन्त्रालयको स्थानीय शान्ति समिति गठन कार्यविधि अनुसार राजनीतिक दलका प्रतिनिधि, समाजसेवी र द्वन्द्वपीडित समेत २३ सदस्यीय कार्यकारिणी बनाइएको छ ।