INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या आरोपमा पति गिरफ्तार

धनकुटा नगरपालिका–४ छारागाँउकी ५२ वर्षीया सीता श्रेष्ठको हत्या गरी घरभित्र खाडल खनी पुरेको आरोपमा प्रहरीले ५२ वर्षीय पति सिताराम भनिने सिताकुमार श्रेष्ठलाई माघ ९ गते ललितपुरबाट गिरफ्तार गरेको छ ।

३० वर्षीय अरूण श्रेष्ठले फूपु हराएको भन्दै पुस २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीका आधारमा प्रहरीले ५२ वर्षीय पति  श्रेष्ठलाई खोजी गरिरहेको थियो ।

माघ ९ गते गिरफ्तारीमा परेका श्रेष्ठले पत्नीको हत्या गरी घरको भूँइतलामा खाल्डो खनी पुरेको बताएपछि माघ १० गते घटनास्थलबाट शव निकालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज कार्कीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो । शवको मुचुल्का उठाउँदा शरीरका विभिन्न भागमा चोट देखिएको डिएसपी कार्कीले बताउनु भयो ।

आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा माघ १० गते कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेको छ ।

शवको पोष्टमार्टम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान(घोपा) मा माघ १० गते गरिने तयारी भएको पीडित अरूण श्रेष्ठले बताउनु भएको छ ।

अन्य

भिडियो