INSEC Online

📅 २०८३ जेष्ठ २१

बहुविवाह गरेको कसुरमा दुई वर्षकैदको फैसला

नारायण नपा-७ जार्जेखोलाका २८ वर्षीय गणेशबहादुर खत्री र महाबु गाउँपालिका-६ रानीवनकी २१ वर्षीया सीताकुमारी खत्रीलाई बहु्विवाहको आरोपमा दैलेख जिल्ला अदालतले जनही दुई वर्षकैद र १५/१५ हजार रुपियाँ जरिबाना गरेको छ ।

न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासबाट आरोपित दुबै जनालाई चैत ११ गते उक्त सजाय सुनाइएको दैलेख जिल्ला अदालतका नासु बिनोद आचार्यले जानकारी दिए ।

कल्पनाकुमारी थापाले आरोपितद्वयविरुद्ध गत पुस २ गते विवाह गरेको भन्दै पुस ३ गते प्रहरीमा उजुरी दिएकी थिइन् । पीडितको उजुरीका आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरी सरकारी वकिल कार्यालयमार्फत पुस १९ गते अदालतमा मुद्दा पेश गरेको थियो ।

सो मुद्दा प्रक्रियापछि घरमा बस्ने वातावरण नभएपछि पीडित महिला कल्पनाकुमारी थापा अहिले महाबु गाउँपालिका-२ बडाखोला गाउँस्थित माइतीमा बस्तै आएकी छिन् ।

अन्य

भिडियो