पथरीशनिश्चरे नगरपालिका–२ की १९ वर्षीया पूजा शर्माको हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति जय शर्मालाई माघ १ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितलाई घरायसी विवादका क्रममा पुस ३० गते कुटपिट गरेको र कुटपिटबाट घाइते भएकी पीडितको उपचारका लागि नोवेल अस्पताल विराटनगर ल्याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूजाको मृत्यु भएपछि पीडित पक्षले आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय पथरीमा पुस ३० गते उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मञ्जिल मुकारुङले बताउनु भयो ।
शवको पोष्टमार्टम कोशी अस्पतालमा पुस ३० गते गरिएको छ ।
पीडित पक्षले पुस ३० गते शव बुझी सोही दिन पथरीशनिश्चरे नगरपालिका–२ मा सद्गगद गरेको प्रहरीले जनाएको छ ।