राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन क्षेत्र निर्धारण विधेयक २०७३ र गाउँ तथा नगरपालिकाको वडाको सङ्ख्या निर्धारण विधेयक २०७३ लाई चैत ११ गते प्रमाणीकरण गरेकी छन् ।
राष्ट्रपति भण्डारीले ती दुवै विधेयक नेपालको संविधानअनुरुप प्रमाणीकरण गरेके राससले जनाएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार व्यवस्थापिका-संसद्को यही चैत ७ गतेको वैठकबाट पारित भई प्रमाणीकरणका लागि ती दुवै विधेयक पेस भएका थिए ।