१६ एक वर्षीया बालिकालाई जागिर लगाइदिने बाहानामा भारत हुँदै कुबेत पठाउन लागेको आरोपमा प्रहरीले चैत ९ गते रोल्पा जिल्ला रुन्टीगढी गाउँपालिका-७ का ४० वर्षीया बादी बिकलाई गिरफ्तार र पीडित बालिकालाई कृष्णनगर नाकाबाट उद्धार गरेको छ ।
घटनामा संलग्न रहेका दुई जना आरोपित फरार रहेकोले खोजी सुरु गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका इन्स्पेक्टर सञ्जय रिजालले जानकारी दिए ।