१५ वर्षिया बालिका बलात्कार कसुरमा विदुर नगरपालिका–४ का २१ वर्षीय मोहन असरपतीलाई एक वर्ष तीन महिना कैदको सजाय फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश उमेशप्रसाद लुईटेलको इजलासले पुस २२ गते आरोपितलाई आंशिक कसुरदार ठहर गर्दै एक वर्ष तीन महिना कैद फैसला, पीडितलाई ४० हजार रुपैयाँ क्षतिपूर्ति भराउन र १५ हजार रुपैयाँ जरिवाना गराउन समेत फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी रीता लामिछानेले जानकारी दिनुभयो ।
१५ वर्षीया बालिकालाई ०७७ वैशाख २४ गते बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा ०७७ वैशाख २६ गते उजुरी दिएकी थिइन् ।
जिल्ला अदालतले आरोपितलाई ०७७ जेठ १९ गते पुर्पक्षको लागि थुनामा पठाएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७७ वैशाख २६ गते त्रिशूली अस्पतालमा भएको थियो ।