INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपित गिरफ्तार

त्रिपुरासुन्दरी नगरपालिका–१ मद्दुकी ३५ वर्षीया कमला थापालाई कुटपिट गरेको आरोपमा प्रहरीले पति ४० वर्षीय नरेन्द्र थापालाई ०७८ पुस १६ गते घरबाटै गिरफ्तार गरेको छ ।

गर्भवती भएको समयमा पतिले मदिरा सेवन गरेर पटक पटक कुटपिट गरेपछि माइती घरमा बसिरहेको अवस्थामासमेत ०७८ पुस १५ गते बेहोस हुनेगरी कुटपिट गरी मार्ने धम्की दिएको भन्दै पीडितले पुस १६ गते प्रहरी चौकी त्रिपुराकोटमा उजुरी दिएको सई रूद्रबहादुर शाहीले बताउनुभयो ।

आरोपित थापालाई प्रहरीको प्रत्यक्ष निगरानीमा रहने गरी घाइते महिलाको उपचार र हेरचाहमा लगाइएकोले उपचारपछि मात्र छलफल तथा कारवाही अगाडि बढाइने सई शाहीको भनाइ छ ।

पीडितको उपचार पुस १६ गतेदेखि जिल्ला अस्पताल दुनैमा भइरहेको डाक्टर अखण्ड उपाध्यायले जानकारी दिनुभयो ।

अन्य

भिडियो