INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार रक्षकहरूको अवस्थाका र संरक्षणका लागि तयार पारिएको प्रस्तावित कानुनमाथि छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार रक्षकहरूको अवस्थाका र उनीहरूको संरक्षनका लागि तयार पारिएको प्रस्तावित कानुन माथिको छलफल पुस १५ गते धुलिखेल सम्पन्न भएको छ । दुई दिन चलेको उक्त कार्यक्रममा पहिलो दिन मानव अधिकार रक्षकको अवस्थाका बारेमा छलफल गरिएको थियो ।

Photo20211230kavre3कार्यक्रमका सहभागीहरूले काम गर्दा परेका समस्या राख्दै मानव अधिकार रक्षकहरू भिभिन्न चुनौतिकाबीच काम गर्नु परेको बताए । साथै सहभागीहरूले यस विषयमा राष्ट्रिय मानव अधिकार आयोगलाई अझ बढी गम्भीर हुन आग्रह गरेका थिए ।

कार्यक्रममा इन्सेकका कार्यकरी निर्देशक विजयराज गौतमले इन्सेकले आफ्नो स्थापना काल देखि नै मानव अधिकार संरक्षण र सम्वर्धनमा काम गरेको र पछिल्लो समय मानव अधिकार रक्षक डेस्क सञ्चालन गर्दै मानव अधिकार रक्षकसम्बन्धी कानुन निर्माणका लागि पहल गर्दै आएको बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव बागमती प्रदेश कार्यालयका प्रमुख यज्ञप्रसाद अधिकारीले मानव अधिकार आयोगबाट भए गरेका कामको जानकारी गराउँदै आगामी दिनम पनि नागरिक समाज सङ सहकार्य गर्दै जाने बताउनु भयो

आयोगकै सचिव नवराज सापकोटा, उपसचिव मञ्जु खतिवडा, अधिकृत दिपेन्द्र सिंहले पनि मानव अधिकार रक्षकका लागि आफ्नो कार्य क्षेत्रमा भएका काम बारे जानकारी दिनु भएको थियो ।

यसैगरी इन्सेकका मानव अधिकार प्रलेख तथा पैरवी कार्यक्रमका प्रमुख श्रीराम बजगाईँ, मानव अधिकार प्रलेख तथा पैरवी कार्यक्रमकी सम्झा श्रेष्ठ र बागमती प्रदेश संयोजक कृष्ण गौतमले पनि इन्सेकले मानव अधिकार रक्षकको अधिकारका लागि विभिन्न कार्यक्रम गोष्ठी गर्दै उनीहरूको अधिकारका लागि मानव अधिकार रक्षक ऐनको प्रस्तावित मस्यौदा निर्माण गरी संसदमा पेस गर्नका लागि सम्बन्धित निकायमा पहल जारी राखेको धारण व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा अधिवक्ता टीकाध्वज खड्काले मानव अधिकार रक्षकहरूको प्रस्तावित कानुनको विभिन्न पक्षमा चर्चा गर्नु भयो ।

Photo20211230kavre4

Photo20211230kavre5Photo20211230kavre1 Photo20211230kavre2

अन्य

भिडियो