INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

भोजपुर केराबारी घर भई हाल सूर्यविनायक नगरपालिका–५ कटुञ्जेमा डेरा कोठामा बस्ने २५ वर्षीया मन्दिरा राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा पति २५ वर्षीय जीवन राईलाई प्रहरीले पुस ५ गते गिरफ्तार गरेको छ ।

पत्नीलाई पुस ४ गते राती कुटपिट गरी हत्या गरी कटुञ्जेस्थित आफन्तको कोठामा लुकेर बसेको अवस्थामा आरोपितलाई गिरफ्तार गरेको महानगरिय प्रहरी परिसर, भक्तपुरका डिएसपी राजु पाण्डेले बताउनु भयो ।

पति पत्नी दुवैले मदिरा सेवन गरेको अबस्थामा विवाद हुँदा पतिले कुटपिट गरेपछि गम्भीर घाइते भएकी पत्नीको रक्तश्रावका कारण मृत्यु भएको डिएसपी पाण्डेको भनाइ छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको र आरोपितलाई पुस ५ गते जिल्ला अदालत पेस गरेकोमा अदातको आदेशमा पाँच दिनको म्याद लिई हिरासतमा पठाएको डिएसपी पाण्डेले जानकारी दिनुभयो ।

शवको पोष्टमार्टमा केएमसी अस्पताल भक्तपुरमा पुस ५ गते गरियो ।

अन्य

भिडियो