१४ वर्षीया बालिकालाई चैत ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा सदरमुकाममा रहेको एक विद्यालयका शिक्षक निलकण्ठ नपा-३ का २५ वर्षीय मदनकुमार श्रेष्ठलाई विद्यालयले सोही दिन निष्काशन गरेको छ ।
आरोपित श्रेष्ठले बालिकालाई पढाइ कमजोर भएको बहानामा अर्को कोठामा बोलाएर दुर्व्यवहार गरेको आरोप छ ।
आरोपितविरुद्ध प्रहरीमा उजुरी दिन पीडित परिवारले उजुरी लेखाए पनि आरोपितलाई विद्यालयले निष्काशन गरी पीडित पक्षलाई घटना बाहिर नल्याउन दबाव दिएको बताइएको छ ।