INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले मङ्सिर २९ गते भारत राजस्थान पाटन थाना सिन्सा पञ्चायत निवासी तान्त्रिक कोल्हवी नगरपालिका–११ रमपुरर्वा बस्ने ५५ वर्षीय रामेश्वर शर्मा भनिने हरिनारायण शर्मालाई १८ वर्ष कैदको फैसला गरेको छ ।

न्यायाधीश सुमनकुमार न्यौपानेको इजलासले बलात्कार कसुर ठहर गर्दै १८ वर्ष कैद र ७५ हजार रुपियाँ जरिबाना गरी पीडितलाई क्षतिपूर्ति दिने फैसला गरेको जिल्ला अदालतका श्रेष्तेदार नवराज जोशीले जानकारी दिनु भयो ।

पीडितलाई शर्माले ०७६ माघ १९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

घटनाका बारेमा गाँउलेहरुले खबर गरेकाले माघ १९ गते राति जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले शर्मालाई गिरफ्तार गरेको थियो । जिल्ला अदालतले २०७६ फागुन १४ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण ०७६ माघ २० गते कलैया अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो