INSEC Online

📅 २०८३ जेष्ठ २१

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विभिन्न कार्यक्रम सहित सम्पन्न

७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विभिन्न कार्यक्रम सहित मङ्सिर २४ गते मनाइएको छ । “जीवन मर्यादा समानता र स्वतन्त्रताको अधिकारः दीगो शान्ति र समृद्धिको आधार” भन्ने मुल नाराका साथ ७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस सम्पन्न भएको हो ।

photo20211210kathmandu-2-768x512यसै गरी ‘विधिको शासन कायम गरौ, मानव अधिकारको सम्मान गरौँ‘ भन्ने मुल नाराका साथ १३ औँ राष्ट्रिय मानव अधिकार महाभेलाको आयोजनामा काठमाडौँमा प्रभातफेरी सहित कोणसभा गरी सम्पन्न भएको छ ।

कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष माननीय तपबहादुर मगरले विधिको साशन बिना जनताले मानव अधिकारको उपभोग गर्न नसक्ने भन्दै आज देशमा विधिको शासन सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

photo20211210kathmandu-1-768x512१३ औँ मानव अधिकार राष्ट्रिय महाभेला मूल आयोजक समितिकी अध्यक्ष रोशना खड्काले मानव अधिकारको संरक्षण, सम्वर्धन र विकास गर्न, लोकतन्त्र र सामाजिक न्यायलाई संस्थागत गर्दे विधिको शासन स्थापीत गर्न तथा राज्यलाई नागरिक प्रति जवाफदेही र उत्तरदायी बनाउनु यस भेलाको उद्देश्य रहेको बताउनु भयो ।

नेपालमा मानव अधिकार, शान्ति, लोकतन्त्र, सुसाशन र दिगो विकासका पक्षमा क्रियाशील नागरीक सङ्घसंस्था, मानव अधिकारकर्मी र राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त पहलमा सन २००९ देखि प्रत्येका बर्ष मानव अधिकार राष्ट्रिय महाभेला कार्यक्रम हुँदै आइरहेको छ ।

काठमाडौँ प्रतिनिधि विमल पौडेलका अनुसार लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अन्तरास्ट्रिय अभियानका अवसरमा लैङ्गिक हिंसा नियन्त्रण जिल्ला संजाल काठमाडौँमा रहेर मानव अधिकार, सामाजिक न्याय र लैङ्गिक हिंसा नियन्त्रण तथा न्युनिकरणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौँ तथा लैङ्गिक हिंसा नियन्त्रण समिति काठमाडौँले अनौपचारिक सेवा केन्द्र (इन्सेक) लाई सम्मान गरेको छ ।

INSEC Samman 2लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अन्तरास्ट्रिय अभियानका अवसरमा महानगरीय प्रहरी परिसर काठमाडौँ तथा लैङ्गिक हिंसा नियन्त्रण समिति काठमाडौँले मङ्सिर २४ गते नै आयोजना गरेको अन्तरक्रिया तथा सम्मान कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख तथा लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल समिति काठमाडौँका संयोजक एसएसपी अशोक सिंहलै इन्सेक काठमाडौँ जिल्ला प्रतिनिधि विमल पौडेलमार्फत् इन्सेकलाई कदर पत्र प्रदान गर्नुभएको थियो ।

INSEC Samman 1‘नेपाल प्रहरीको सहकार्यमा गठित लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल काठमाडौँमा रहि इन्सेकले हिंसा रोकथाम, नियन्त्रण तथा न्यूनीकरणमा उल्लेखनीय योगदान पु¥याएको हुँदा यस कदर पत्रले सम्मान गरिएको छ ।’ सम्मान पत्रमा उल्लेख गरिएको छ ।

सिन्धुपाल्चोक प्रतिनिधि नातिबावु धितालका अनुसार जिल्ला समन्वय समितिको आयोजना तथा गैरसरकारी संस्था महासङ्घको जिल्ला शाखाको समन्वयमा मङ्सिर २४ गते लैङ्गिंक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल, प्रहरी प्रमुख राजन अधिकारी जिल्ला समन्वय प्रमुख कृष्णगोपाल तामाङ, बिभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरुले लैङ्गिक हिंसा बिरुद्धको आवाज वर्षै भरि उठाउने प्रतिबद्धता जनाउनु भएको छ ।

मकवानपुर प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले लोकतन्त्र, मानवअधिकार र कानुनी पक्षमा काम गर्न आह्वान गर्नु भएको छ ।

मानव अधिकार दिवसको अवसरमा शुभकामना सन्देशमार्फत मुख्यमन्त्री पाण्डेले मानव अधिकार विना लोकतन्त्र सुनिश्चित नहुने र कानुनी शासनबाट मात्र लोकतन्त्र सुदृढ भई मानव अधिकार संस्कृतिको विकास र सुदृढीकरण हुने हुनाले सबैले सामुहिक रूपमा लोकतन्त्र, मानवअधिकार र कानुनी पक्षमा काम गर्न आह्वान गर्नुभएको हो ।

नेपालको संविधानले विश्वव्यापी रूपमा स्वीकार गरिएका मानव अधिकार अन्तर्गतका प्रायः सबै अधिकारहरूलाई मौलिक हकको रूपमा स्वीकार गरी संवैधानिक प्रत्याभूति गरेको मुख्यमन्त्री पाण्डेले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

अन्य

भिडियो