INSEC Online

📅 २०८३ श्रावण १

प्रहरीले उजुरी दर्ता नगरेको भन्दै द्वन्द्वपीडितद्वारा उच्च अदालतमा रिट निवेदन

प्रहरीले उजुरी दर्ता नगरेको भन्दै बागलुङका द्वन्द्वपीडितले परामदेशको आदेशका लागि उच्च अदालत पोखरा बागलुङ इजलासमा निवेदन दिएका छन् ।

बागलुङ गलकोट नगरपालिका२ की छमकुमारी बस्नेत र जैमिनी नगरपालिका१० राङ्खानीका बिमलबहादुर केसीले द्वन्द्वकालमा आफ्ना पति र छोरा वेपत्ता बनाउने कार्यमा संलग्नलाई कारवाहीको माग गर्दै गत भदौ ४ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।

द्वन्द्वकालमा आफ्ना परिवारका सदस्य वेपत्ता पार्नेलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङ पुगेका उहाँहरूको जाहेरी प्रहरीले दर्ता नगरेपछि मङ्सिर १९ गते उच्च अदालत पोखरा बागलुङ इजलास पुगेका छन् ।

प्रहरीले जाहेरी दर्ता नगरेपछि उहाँहरूले जिल्ला सरकारी वकिलको कार्यालयमा जाहेरी दर्ताको लागि पत्रचार गरिदिन माग गर्दै छुट्टै निवेदन दिएका थिए ।

16 days campaignNepali

सरकारी वकिलको कार्यालयले पनि उजुरी दर्ताको लागि पत्रचार नगरिदिएपछि द्वन्द्वपीडित बस्नेत र केसीले मङ्सिर १९ गते उच्च अदालत पोखरा बागलुङ इजलासमा जिल्ला प्रहरी कार्यलय बागलुङ, प्रहरी प्रमुख, सरकारी वकिलको कार्यालय र कार्यलय प्रमुखलाई विपक्षी बनाएर रिट दर्ता गराएको पीडित बस्नेतले बताउनुभयो ।

छमकुमारी बस्नेतका पति ढकबहादुर बस्नेतलाई ०५८ चैत २ गते तत्कालिन शाही नेपाली सेनाले बेपत्ता बनाएको थियो । तत्कालिन भैरवनाथ गणका प्रमुख क्याप्टेन अन्जन केसी नेतृत्वको टोलीले आफ्ना पतिलाई बेपत्ता बनाएको पीडितले बताउनुभयो ।

जैमिनी नगरपालिका१० का ६३ वर्षीय केसीले ०५८ असार ३ गते आफ्ना १३ वर्षीय नाबालक छोरा गणेश केसीलाई तत्कालिन सरकार पक्षबाट गैरकानुनी रूपमा गिरफ्तार गरी बेपत्ता बनाएको बताउनुभयो ।

द्वन्द्वकालका घटनाहरूको उजुरी लिनको लागि सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोग बनाएको भन्दै पीडितहरूलाई त्यही जान सल्लाह दिएर पठाएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी कृष्णबहादुर पाल्ली मगरले बताउनुभयो ।

उहाँहरूको उजुरी नलिने, अनुसन्धानमा सहयोग नगर्ने मनसाय होइन ।,उहाँले भन्नुभयो– ‘उहाँहरू जस्ता धेरै पीडितको लागि राज्यले छुट्टै संयन्त्रको व्यस्था गरेको भएर राज्यकै तर्फबाट एकमुष्ट सुनुवाई होला भनेर सल्लाह दिएका हौं ।

अन्य

भिडियो