INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात समूहद्वारा मालबाहक गाडीमा आगजनी

सानोश्रीतारातल नपा-८ को १२ नम्बरमा २०७३ फागुन २८ गते अज्ञात समूहले लु. १ च.  ९१५९ नम्बर मालबाहक महेन्द्रा गाडी माथि आगजनी गरेका छ्न ।

Photo20170312Bardiya

आगजनिबाट गाडीको पछाडिको केही भाग जल्नुको साथै गाडी भित्र रहेका चाउचाउका बाकस पनि जलेका छन् । दुई जनाको समूहमा आएका नकावधारीले गाडीमा आगो लगाई भागेको र स्थानीयले देख्ने वितिक्कै निभाउनुका सथै प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ ।

घटनाको खवर पाए लगत्तै प्रहरी घटना स्थलमा पुगेको र आगजनी गर्ने समूहको पहिचान र खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी भरतबहादुर बोहराले बताए । फागुन २८ गते नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आह्वान गरेको थियो ।

अन्य

भिडियो