नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको बन्दका क्रममा फागुन २८ गते बालाजु बाइपासमा साझा यातायातको बस जलाएको राससले जनाएको छ ।
बा ४ ख ५६४८ नं को बसका चालक, परिचालक र सुरक्षामा खटिएका प्रहरी खाना खान गएको मौका छोपी बालाजु बाइपासमा रोकि राखिएको बसबाट यात्रु ओराली पेट्रोल छर्केर आगो लगाइएको साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए ।
आगलागीबाट बसका आठवटा सीट पूर्णरुपमा जलेर रु १ लाख बराबरको क्षति भएको जनाइएको छ । पाण्डेले यातायातले कसैको समर्थन वा विरोधमा सेवा सञ्चालन नगरेको उल्लेख गर्दै यस्ता गतिविधि नदोहोर्याउन सबैसँग अनुरोध गरेका छन् ।