प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजिनामा माग गर्दै सर्वोच्च अदालतमा प्रदर्शनरत कानुन व्यवसायीमाथि प्रहरीले लाठीचार्ज गर्दा नौ जना घाइते भएका छन् ।
यसअघि सर्वोच्च अदालतको मूल गेटमा धर्ना बस्दै आएका कानुन व्यवसायीले मङ्सिर २ गते प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालत प्रवेश गर्ने गरेको वैकल्पिक बाटो छेक्न जाने क्रममा कानुन व्यवसायीमाथि प्रहरीले लाठीचार्ज गर्दा नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित नौ जना घाइते भएका हुन् ।
प्रहरीको लाठीचार्जमा परी गोदावरी नगरपालिका–१२ ठेचोका ४५ वर्षीय अधिवक्ता प्रकाश महर्जन गम्भीर घाइते हुनु भएको छ ।
उहाँकोे उपचार अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको नेपाल बार एसोसिएशनकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिनु भयो ।
प्रहरीको लाठीचार्जमा परी घाइते भएका कानुन व्यवसायीहरू
१. प्रकाश महर्जन, ४५, ललितपुर
२. चण्डेश्वर श्रेष्ठ, ६० ललितपुर
३. कपिल चन्द्र पोखरेल, ५०, गोरखा
४. रमणलाल कर्ण, ४२, काठमाडौँ
५. युवराज बन्जाडे, ४८, अर्घाखाँची
६. गोपाल सापकोटा, ५८, काठमाडौँ
७. ऋषिराम घिमिरे, ३५, अर्घाखाँची
८. सविता भण्डारी, ४५, काठमाडौँ
९. नितेश श्रेष्ठ, ३२, काठमाडौँ