INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरहा नपा–१५ का २४ वर्षीय मिथिलेशकुमार साहविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा कात्तिक ३० गते उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक २५ गते बलात्कार गरेको र पछि मात्रै बालिकाले घटनाको जानकारी गराएकाले ढिला गरी उजुरी दिएको पीडित बालिकाकी आमाले बताइन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद असपताल लहानमा कात्तिक ३० गते गरिएको छ ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी डाक्टर तपनकुमार दाहालका अनुसार आरोपित ‘फरार’ रहेकाले खोजी कार्य जारी रहेको छ ।

अन्य

भिडियो