१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कल्याणपुर नपा–४ का १८ वर्षीय सन्तोषकुमार यादवलाई कात्तिक २९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले कात्तिक २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले कारवाहीका लागि इलाका प्रहरी कार्यालय मिर्चैयामा कात्तिक २९ गते उजुरी दिएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा कात्तिक २९ गते गरिएको छ ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी कारवाही प्रकृया अगाडि बढाएको बताउनु भयो ।