प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको समर्थनमा सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेको आरोपमा प्रहरीले २२ जना पुरुष र पाँच जना महिलालाई गिरफ्तार गरी नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा राखेको जनाएको छ ।
प्रदर्शनमा सहभागीमध्ये मनोज सापकोटाले सर्वोच्च अदालतमा आन्दोलनरत न्यायाधीश र नेपाल बार सम्बद्ध अधिवक्ताहरूको आन्दोलनका कारण न्याय निरुपणको काम अवरुद्ध भएकाले विरोध प्रदर्शन गरेको बताउनु भयो ।
एकातिर प्रधानन्यायाधीशको विरोधमा अधिवक्ताहरू आन्दोलित भएका र अर्कातिर सोको विरोधमा प्रदर्शन भएकाले मुठभेड हुन नदिन उनीहरूलाई गिरफ्तार गरिएको नगर प्रहरी कार्यालय भृकुटीमण्डपका डिएसपी कौशल बुढाथोकीले बताउनुभयो ।
गिरफ्तारीमा परेकाहरू
१. मनोज कुमार सापकोटा, ४०, सिरहा
२. तारा बराल, ३८, ताप्लेजुङ
३. सावित्री सुबेदी, ३१, बारा ,
४. मेनुका दङ्गाल, ४०, सिन्धुपाल्चोक
५. अनिता कार्की, ४०, मोरङ
६. सिर्जना वाग्ले, ३१, काठमाडौँ
७. निश्चल राजभण्डारी, २४, बारा
८. सतिश न्यौपाने, २६, काठमाडौँ
९. कमल कोइराला, ५०, ललितपुर
१०. अरुण रोक्का, ३१, रामेछाप
११. सागर खड्का, ३७, सुनसरी
१२. सङ्गीत अधिकारी, १९, दाङ्ग
१३. सान्ङ्गजी तामाङ, १६, मोरङ
१४. आयुश केसी, १८, काठमाडौँ
१५. अन्जन महत, २२, काठमाडौँ
१६. अनिल थापा, ५१, सुनसरी
१७. किरण सुवेदी, ५०, सुनसरी
१८. सुमन अमात्य, ४४, ललितपुर
१९. ठाकुर सिलवाल, ६४, ललितपुर
२०. शेरबहादुर थापा ५२, काठमाडौँ
२१. इन्द्रबहादुर थापा, ३३, काठमाडौँ
२२. हरिबहादुर तामाङ, ४०, काभ्रे
२३. बिबेश शाही, २५, मुगु
२४. सुजनराज थापा, ५२, तनहुँ
२५. गोबिन्द कटुवाल, ५७, तेह्रथुम
२६. राजकुमार तामाङ, ३६, रामेछाप
२७. श्याम बुढाथोकी, ३९, रामेछाप