पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धिको विरोधमा काठमाडौँमा चक्काजाम गरेको आरोपमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपानिकट अखिल क्रान्तिकारीका २१ जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।
गिरफ्तारीमा परेका सबैलाई प्रहरीले नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा लगेर राखेको जनाएको छ ।
गिरफ्तारीमा परेकाहरूले त्रिचन्द्र क्याम्पस र सरस्वती क्याम्पस अगाडि कात्तिक २८ गते १० बजेदेखि ११ बजेसम्म १ घण्टा चक्काजाम गरेका थिए ।
प्रदर्शनकारीले टायर बालेर सडक अवरुद्ध बनाएपछि प्रहरीले उनीहरूलाई गिरफ्तार गरेको नगर प्रहरी कार्यालय भृकुटीमण्डपका डिएसपी कौशल बुढाथोकीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
गिरफ्तारीमा परेकाहरू
१. नरेन्द्र बिक, ३५
२. मदन केसी, २६
३. ललित बिक, २८
४. नवराज भट्ट, २४
५. पदम केसी, २३
६. सुनिता कार्की, २३
७. रमा नेपाली, २२
८. हिरा तामाङ, २२
९ . राजु यादव, २१
१०. सन्तोष श्रेष्ठ, २४
११. अनिल ब्लोन, २५
१२. जयन्त राई, २३
१३. रञ्जन नेपाली, १८
१४. राजु गोर्खाली, २०
१५. नवराज सापकोटा, १९
१६. राजेश नेपाली, २२
१७. बिबेक तामाङ, २४
१८. दावा तामाङ, २६
१९. सन्तोष जिरेल, २४
२०. बिनुप थापा, २३
२१. तपेन्द्र आचार्य, २५