सर्वोच्च अदालतमा नेपाल बार एसोसिएशन सम्बद्ध अधिवक्ताहरूले मुद्दा बहिष्कार गरेको विरोधमा प्रधानन्यायाधीशको समर्थन गर्दै प्रदर्शनमा उत्रिएका गोरखा फुजेलका नुरप्रसाद अधिकारीसहित १७ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
गिरफ्तारीमा परेका १० जना पुरुष र सात जना महिलालाई प्रहरीले नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा राखेको प्रहरीले जनाएको छ ।
प्रधानन्यायाधीशलाई कार्यालय प्रवेशमा अवरोध गर्ने उद्देश्यका साथ सर्वोच्च अदालत अगाडि अधिवक्ताहरू भेला भएका बेला आन्दोलनमा नुरप्रसाद लगायत प्रधानन्यायाधीश समर्थकहरू ‘न्याय बेच्न पाइँदैन’ चन्दै प्रदर्शनमा उत्रिएका थिए ।
प्रधानन्यायाधीशको समर्थनमा प्रदर्शनमा आएकाहरू र बारसम्बद्ध अधिवक्ताहरूको मुठभेड हुन सक्ने भएकाले तत्कालै नियन्त्रणमा लिएको नगर प्रहरी कार्यालय भृकुटीमण्डपका डिएसपी कौशल बुढाथोकीले बताउनुभयो ।
गिरफ्तारीमा परेकाहरू
१. मनोज सापकोटा, ४०, काठमाडौँ
२. सरिता केसी, ३७, स्वयम्भु, काठमाडौँ
३. मनिस मानव, ३१, काठमाडौँ
४. अनिता काप्री, ४३, काठमाडौँ
५. इश्वरी कार्की, २५, नयाँ बानेश्वर, काठमाडौँ’
६. मेनुका भट्टराई, २४, नयाँ बानेश्वर, काठमाडौँ
७. नरेन्द्र देउजा, ३५, काठमाडौँ
८. नुरप्रसाद अधिकारी, ४३, गोरखा, हाल काठमाडौँ
९. उषा किराँत, ४०, बौद्ध, गोकर्णेश्वर
१०. तारा बराल, ३७, कोटेश्वर, काठमाडौँ
११. मेनुका दङ्गाल, ४५, तारकेश्वर, काठमाडौँ
१२. रविन शाक्य, २५, पाटन, ललितपुर
१३. नरेन्द्र मानन्धर, ३०, बालाजु, काठमाडौँ
१४. उमेश तण्डुकार, ३५, असन, काठमाडौँ
१५. हेमन्त बिसी, २४, काठमाडौँ
१६. प्रमेश राई, २७, खोटाङ, हाल काठमाडौँ
१७. मनोज महर्जन, ३०, बुद्धनगर, काठमाडौँ