२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले जीराभवानी गाउँपालिका–१ का १९ वर्षीय शेख सलाउद्दीनलाई कात्तिक २६ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले कात्तिक २५ गते आरोपितले बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले कात्तिक २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
आरोपितलाई पटेर्वा सुगौली इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिराभवानी गाउँपालिका–१ बाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालले जानकारी दिनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण नारायणी अस्पतालमा गरिएको छ ।