INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लहान नपा–१४ का २४ वर्षीय शिवा पासवानविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा कात्तिक २६ गते उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक २५ गते बलात्कार गरेको आरोपमा कारवाहीका लागि उजुरी दिएको पीडित पक्षले जनायो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्पताल लहानमा कात्तिक २६ गते गरिएको छ ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी डाक्टर तपन दाहालका अनुसार आरोपित ‘फरार’ रहेकाले खोजी कार्य भइरहेको छ ।

अन्य

भिडियो