१५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले जुगल गाउँपालिका–३ बोल्देका २४ वर्षीय समिर तामाङ र सोही ठाउँका १९ वर्षीय विशाल तामाङलाई कात्तिक २५ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितद्वयले कात्तिक २३ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ ।
पीडितपक्षले कात्तिक २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २४ गते चौतारा अस्पतालमा गरिएको छ ।