INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिस्ने गाउँपालिका–८ का २४ वर्षीय सञ्जय नाथलाई कात्तिक २४ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले प्रलोभनमा देखाएर  कात्तिक २२ गते जङ्गलमा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गणेशबहादुर श्रेष्ठले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक २४ गते रुकुम पूर्व अस्पतालमा गरिएको डाक्टर क्षितिज नेपालीले बताउनु भयो ।

अन्य

भिडियो