शारीरिक अपाङ्गता भएकी ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोटखोला गाउँपालिका–७ का ७५ वर्षीय विप्पा भोटेलाई कात्तिक २२ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले कात्तिक २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक २२ गते प्रहरी चौकी चेपुवामा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई कात्तिक २२ गते चेपुवा नजिकैबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका इन्स्पेक्टर शुभेष अधिकारी इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्र हटियामा कात्तिक २४ गते गरिएको छ ।