INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई कात्तिक २२ गते बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले धनुषा जिल्ला कमला नपा–६ का २० वर्षीय शेषकुमार महतोलाई सोही दिन सिरहा जिल्ला कल्याणपुर नपा–११ मिलनचोकबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा कात्तिक २२ गते नै गरिएको छ ।

इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले गिरफ्तार आरोपित महतोलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय मिर्चैयामा सोही दिन बुझाएको थियो ।

घटनाको थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास बुढाथोकीले इन्सेक जिल्ला प्रतिनिधिलाई बताउनु भयो ।

अन्य

भिडियो