गढवा गाउँपालिका–७ का ५० वर्षीया पत्नी सुनीता रोकाको हत्या गरेको आरोपमा प्रहरीले गढवा गाउँपालिका–७ का ६३ वर्षीय डनबहादुर थापालाई कात्तिक २२ गते गिरफ्तार गरेको छ ।
कात्तिक २० गते घरायसी विवादमा पत्नीलाई बञ्चरोको विडले टाउकोमा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो ।
हत्या पछि फरार रहेको थापालाई गिरफ्तार गरी अनुसन्धान भइरहेको डिएसपी थापाले बताउनु भयो ।
शवको पोष्टमार्टम कात्तिक २० गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको थियो ।