INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढीमाई नपा—११ का ४८ वर्षीय गौरी महतोलाई इलाका प्रहरी कार्यालय लहानले कात्तिक १९ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक १८ गते बलात्कार गरेको आरोपमा सोही दिन इलाका प्रहरी कार्यालय लहानमा पीडित पक्षले उजुरी दिएको सो प्रहरी कार्यालयका डिएसपी डाक्टर तपन दाहालले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा कात्तिक १८ गते गरिएको छ ।

अन्य

भिडियो