INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले कात्तिक १४ गते आठविसकोट नगरपालिका–११ रूकुम पश्चिमका ४२ वर्षीय रबी थापा भनिने रामबहादुर विकलाई गिरफ्तार  गरेको छ ।

आरोपितले ०७८ कात्तिक १४ गते राती ९ बजे बलात्कार प्रयास गरेको भन्दै पीडितले सोहि दिन जिल्ला प्रहरी कार्यालय डोल्पामा उजुरी दिएपछि आरोपितलाई डोल्पास्थित डेराबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजु पाण्डले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल दुनैमा गरिएको अस्पतालका डाक्टर अखण्ड उपाध्यायले जानकारी दिनुभयो ।

अन्य

भिडियो