खाँडाचक्र नपा–६ निवासी १४ बर्षीया बालिका निरू विकको हत्या भएको दुई महिनापछि हत्यारा पत्ता लगाउन नसकेको भन्दै कालिकोटमा कात्तिक ११ गते प्रदर्शन भएको छ ।
राष्ट्रिय दलित महिला संघको अगुवाइमा दलित अधिकारकर्मीहरूले जिल्ला सदरमुकाम मान्ममा बिरोध प्रर्दशन गरिएको हो । भदौ ३ गते हराएकीे बालिकाको लास भदौ ६ गते घर नजिकैको मकैबारीमा भेटिएको थियो ।
हत्या भएको दुई महिना बितिसक्दा पनि हत्यारा पत्ता लगाउन नसकेको हुनाले बिरोध प्रदर्शन गर्नु परेको दलित महिला संघका केन्द्रीय अध्यक्ष सरू सुनारले बताउनु भयो । उहाँले दलित अधिकारकर्मीहरूको टोलीले बुधवार घटनास्थल दाहाँमा पुगेर स्थलगत अध्ययनसमेत गरेको बताउनुभयो ।
स्थलगत अध्यान गरेर बिहिबार सदमरुकाम मान्ममा दोषि पत्ता लगाउन माग राख्दै प्लेकार्ड, मृतकको फोटो राखेको फोटो राखेको ब्यानरसहित प्रर्दशन गरिएको थियो ।
निरूको हत्या घटनाको अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरी र जिल्ला प्रहरी लागि परेको जिल्ला प्रहरी कालिकोटका डिएसपी चक्रबहादुर शाहले बताउनुभयो ।
उहाँका अनुसार घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ तर, किटानी गर्नको लागि प्रमाण भने भेटाउन सकिएको छैन ।
डिएसपी शाहले घटनाको अनुसन्धान गर्नको लागि परिस्थिति सहज बनाउन सहजिकरण गरिदिन इन्सेक प्रतिनिधि लगायतका मानव अधिकाकर्मीसँग आग्रह गर्नु भयो ।
