इन्सेक बर्दियाको सहजिकरणमा द्वन्द्व पीडितले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा कात्तिक १० गते उजुरी दिएका छन् ।
मधुवन नगरपालिका– ३ का दुई जना पीडितले सशस्त्र द्वन्द्वको समयमा आफ्नो मान्छे बेपत्ता भएको र अहिलेसम्म नफर्केको साथै जिम्मेवार पक्षले पनि चित्त बुझ्दो जवाफ नदिएकोले खोजविनको लागि उजुरी दिएको पीडित परिवारका सदस्य ६३ वर्षीया कमली पाण्डे बताउनु भएको भयो ।
आमा कमलीका अनुसार २०६० पुसमा छोरा झग्गुप्रसाद पाण्डेलाई तत्कालिन नेकपा माओवादीले घरबाट लगेर बेपत्ता बनाएका हुन् ।
माओवादीको जिम्मेवार ब्यक्तिसँग सोधपुछ गर्दा उहाँलाई नियन्त्रणमा लिएको स्वीकार गरेको र मधुवन नगरपालिका– ४ बेलवा साविकको ढोढरी गाविस– ७ वेलवामा कुटपिट गरी छाडेको जवाफ पाएको ा कमली पाण्डेले बताउनु भयो ।
यसैगरी, मधुवन नपा–३ खाताकी ६० वर्षीया जानकी थापा मगरले पनि छोरा मानबहादुर थापामगरलाई सशस्त्र द्वन्द्व चलिरहेको अवस्थामा २०६२ वैशाख १ गते तत्कालिन नेकपा माओवादीको समुहले नेपालगञ्ज आन्दोलनमा जाने भनेर लगेको र साँझ गाउँका सबै आएको तर मानबहादुर थापामगर नआएको गरेको मानबहादुरका बुवा सन्तबहादुर थापामगरले गुनासो गर्नु भयो ।
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले सशस्त्र द्वन्द्व अवधिमा बेपत्ता पारिएका व्यक्ति खोजविन गर्न उजुरी दिन छुटेकाहरूका लागि २०७८ असोज ५ गते देखि पुस मसान्तसम्म लागि उजुरी दिन सुचना जारी गरेको छ ।
पीडित परिवारले आयोगमा उजुरी दिन सहयोग गरि दिन इन्सेक जिल्ला प्रतिनिधि मानबहादुर चौधरीलाई कात्तिक ७ गते निवेदन दिनुभएको थियो ।