INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका हत्या कसुरमा जन्मकैदको फैसला

त्रिवेणी गाउँपालिका–१ तल्लोकाभ्रा निवासी १६ वर्षीया कविता बोहराको हत्या गरेको कसुरमा १६ वर्षीय बालकलाई जिल्ला अदालतले जन्म कैदको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले बोहराका हत्यारालाई कात्तिक ११ गते जन्म कैदको फैसला गरेको अदालतका श्रेस्तेदार हेमन्त ज्ञवालीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

बालकले कवितालाई मन पराएको भन्दै पटक–पटक प्रेम प्रस्ताव गरेको र कविताले कुनै चासो नदिएपछि ०७६ फागुन २ गते हत्या गरेको आरोपितको बयानका आधारमा जन्म कैदको फैसला सुनाएको ज्ञवालीले जानकारी दिनुभयो ।

शवको पोष्टमार्टम फागुन ३ गते जिल्ला अस्पताल सल्यानमा गरिएको थियो ।

श्रेष्तेदार ज्ञवालीका अनुसार कसुरदार बालक भएकोले बालबालिकासम्बन्धी ऐन २०७५ अनुसार आधा कैद छुट हुँदा बालकलाई १२ वर्ष ६ महिना कैद हुने भएको छ । साथै मृतकको परिवारलाई १ लाख रुपियाँ क्षतिपूर्ति भराउन पनि उक्त फैसलामा उल्लेख छ ।

अन्य

भिडियो